नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालले आज ओमनको तेल तथा ग्यास मन्त्रालयका
सचिव श्रीमान् सलिम नासेर अल् औफीलाई वहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो।
उक्त अबसरमा महामहिमहरूबीच सौहार्दपूर्ण तथा मैत्रीपूर्ण वातावरणमा विविध विषयमा छलफल
भयो।