नेपालको संविधान २०७२ घोषणा भएको चौथो वार्षिकोत्सवको उपलक्ष्यमा नेपाली राजदूतावासले
आज होटल शेराटन ओमनमा “राष्ट्रिय दिबस तथा संविधान दिबस” कार्यकमको आयोजना
गर्यो। महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले पानसमा वत्ती बालेर कार्यक्रमको औपचारिक
शुरूवात गर्नु भएपश्चात आफ्नो मन्तव्य राख्दै संविधान दिवसको महत्वमाथि प्रकाश पार्दै संविधान
निर्माणको पृष्ठभूमिबारेमा छोटो जानकारी दिँदै नेपालको परराष्ट्र नीति र वर्तमान सरकारको लक्ष्यको
बारेमा समेत उल्लेख गर्नुभयो। उपस्थित पाहुनाहरूसमक्ष नेपाली पर्यटनको केही विशेषताहरू
दर्शाउँदै महामहिमले सबैलाई “नेपाल भ्रमण वर्ष २०२०- को उपलक्ष्यमा नेपाल घुम्ने निम्तो
दिनुभयो।