उपरोक्त सम्बन्धमा ओमानका लागि नेपालको राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यू आफ्नो कार्यकाल पुरा गरी आगामी २०७८ साल असोज २६ गते मंगलबारका दिन सपरिवार नेपाल फर्कने कार्यक्रम रहेको व्यहोरा सबैमा जानकारी गराईन्छ।
नेपाली दूतावासको तर्फबाट महामहिम राजदूतज्यूलाई मिति 2078 असोज 22 गते तदअनुसार 2021 अक्टोबर 8 का दिन औपचारिक बिदाई कार्यक्रम राखिएको छ।
कोभिड-19 को परिस्थितिलाई मध्यनजर गर्दै तथा ओमानभरी छरिएर रहनुभएका नेपालीहरूको भावनालाई कदर गर्दै बिदाई कार्यक्रम भर्चुअल माध्यम जुम मार्फत गर्ने निर्णय भएको जानकारी समेत गराइन्छ।उक्त कार्यक्रममा ओमानमा रहनुभएका सम्पूर्ण संघ संस्थाहरू तथा नेपाली दाजुभाई दिदिबहिनीहरूलाई सहभागिताको लागि अनुरोध तथा आव्हान यसै सूचना मार्फत गरिन्छ।
कार्यक्रमबारे विस्तृत विवरण तल दिइएको छ भने साँझ दूतावासमा भौतिकरूपमा भेटेर बिदाई गर्ने व्यवस्था मिलाइएको छ।
कार्यक्रम मितिः २०७८ असोज २२ गते/८ अक्टोबर २०२१
Zoom Id: 826 4784 6382
Password: Farewell
समयः बिहान ११ बजेदेखि १ बजे सम्म
साँझको बिदाई कार्यक्रम समयः साँझ ६ बजे देखि ८ बजेसम्म
(नोटः महामहिमज्यूसँग फोटो खिच्ने कार्यक्रमबाहेक साँझ कुनै औपचारिक कार्यक्रम राखिएको छैन।)
२०७८ असोज १३ गते बुधबार
नेपाली राजदूतावास, मस्कट।