ओमान क्यान्सर एसोसिएसनद्वारा मिति २०१९–०२–०८ मा आयोजित कार्यक्रममा

१. ओमान क्यान्सर एसोसिएसनद्वारा मिति २०१९–०२–०८ मा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा महामहिम राजदूतज्यूले सहभागिता जनाउनुभयो । उक्त कार्यक्रममा उहाँको योगदान र विभिन्न समयमा गरेका सहकार्यको उच्च मुल्याङ्कन गर्दै कदर पत्र प्रदान गरिएको थियो ।
२. रोयल ओपेरा हाउस मस्कटद्वारा १५–०१–२०१९ मा आयोजित साङ्गीतिक कला शाखाको उद्घाटन समारोहमा महामहिम राजदूतज्यूले सहभागिता जनाउनुभयो । ओमानका माननीय उपप्रधानमन्त्री साइद फाहाद बिन महम्मद अल साइदको निमन्त्रणामा महामहिम राजदुत शर्मिला पराजुली ढकाल र उहाँको पति श्री विमल ढकालज्यूले सहभागिता जनाउनुभयो ।
३. मिति २०१९–०१–२५ मा ओमानको वसुरमा अवस्थित सुल्तान क्वाबुस रंगशालामा आयोजित ओमान सेलिबे्रटी क्रिकेट लिगमा महामहिम राजदूतज्यूले प्रमुख अतिथिका रुपमा सहभागिता जनाउनुभयो ।
उक्त खेलमा केही नेपाली तथा भारतीय कलाकारहरुले पनि सहभागीता जनाउनुभएको थियो । साथै, ती कलाकारहरुको सम्मानमा महामहिम राजदूतज्यूबाट राजदूत निवासमा एक रात्री भोज आयोजना गरिएको थियो ।
सेलिबे्रटी क्रिकेट लिगमा विशेष अतिथिको रुपमा सहभागी महामहिम राजदुत शर्मिला पराजुली ढकालज्यूलाई ओमानको खेलकुद तथा कलाको क्षेत्रमा गरेको समर्थन र योगदानको कदर गर्दै बलिउड सेलिब्रेटी तथा आयोजकद्वारा मायाको चिनो प्रदान गरिएको थियो ।
४. मिति २०१९–०१–३० मा महामहिम राजदूतज्यूले ओमनका लागि बहराईनका महामहिम राजदूत डा. जुमा अहमद अल का अविज्यूसँग उहाँको कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नु भयो र द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्नुभयो ।
५. मिति २०१९–०२–०३ मा महामहिम राजदूतज्यूले ओमनका लागि चीनका महामहिम राजदूत लि लिङबिङज्यूसँग उहाँको कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नुभयो र द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्नुभयो ।
६. मिति २०१९–०२–०६ मा महामहिम राजदूतज्यूले ओमनका लागि बेलायतका महामहिम राजदूतज्यूसँग उहाँको कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नुभयो र द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्नुभयो ।
७. मिति २०१९–०२–०७ मा महामहिम राजदूत शर्मिला पराजुली ढकालज्यूले ओमनका लागि कुवेतका महामहिम राजदूत डा. सुलेमान अब्दुल्लाह अल हर्बीज्यूसँग उहाँको कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नुभयो र द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्नुभयो ।
८. सुल्तान काबुस संस्कृति तथा विज्ञान केन्द्रमा ओमान फोटोग्राफिक समाजद्वारा महामहिम राजदुत शर्मिला पराजुलीद्वारा खिचिएका फोटोहरु छनोट गरि प्रदर्शन गरिएको थियो । रउक्त कार्यक्रममा पराराष्ट्र मन्त्रालयका प्रोटोकोल विभागका प्रमुख महामहिम नासिर विन मोहम्मद अल बुसाइदीले विशेष अतिथिको रुपमा उपस्थिति जनाउनुभएको थियो ।
९. स्पाउज अफ एम्बेसेडर्स क्लबद्वारा आयोजित चियापान कार्यक्रममा ओमानका लागि नेपालका महामहिम राजदुत शर्मिला पराजुली ढकालले सहभागिता जनाउनुभयो ।
१०. मिति २०–०१–२०१९ मा ओमानका लागि नेपालका महामहिम राजदुत शर्मिला पराजुली ढकालबाट ओमानका लागि प्यालेस्टाइनका महामहिम राजदुत डा. तासिर अलि फरहातलाई राजदुतावासमा स्वागत गरियो ।
११. ७ मार्च, २०१९ मा बंगलदेशका महामहिम राजदुतद्वारा बंगलादेशका माननीय राज्यमन्त्री इमरान अहमदसँगको राजदुत निवासमा भएको लुन्चेनन् ( luncheon)भेटवार्तामा महामहिम राजदुत शर्मिला पराजुली ढकालले सहभागीता जनाउनुभयो ।
१२. मिति ०८ फेब्रुअरी २०१९ मा अल मासा हल रुविमा तामाङ समाज ओमानद्वारा आयोजित तामाङ फाग ल्होसारमा उपस्थित जनाई सबैमा शुभकामना व्यक्त गर्नुभयो ।
गायक, गायिका सुरज थापा र मिङ्स लामाका साथै स्थानीय कलाकारहरुलाई धन्यवाद दिनुभयो । कलकारहरुलाई राजदुत निवासममा कदर पत्र प्रदान गर्नुभयो ।
Embassy of Nepal
Muscat, Sultanat of Oman