1. Demand Attestation Process
The process related to demand attestation/verification has been simplified. Please see the link below and follow the process accordingly.
لقد تم تبسيط الإجراءات المتعلقة بالتصديق / التحقق لطلبات القوى العاملة من النيبال ، الرجاء النقر على الرابط / الرمز السريع أدناه واتباع الإجراءات وفقاً لذلك.
The Link : Demand Attestation Process
2. के तपाईं मानव तस्करहरुबाट पीडित हुनु भएको छ ?
तुरुन्त नेपाली राजदूतावासको हटलाइन वा रोयल ओमान प्रहरीको निम्न हटलाइनमा फोन गर्नुहोस ।
80077444
यदि तपाईंलाई झुठो आश्वासन देखाएर ओमान ल्याइएको, र तपाईँको काम गर्ने वातावरण तपाईंलाई भनिएको भन्दा निकै फरक छ भने तपाईं मानव तस्करीको सिकार हुनुभएको छ।
के तपाई यी मध्ये कुनै समस्याबाट पीडित हुनु भएको छ?
- मेरो पासपोर्ट म सँग छैन।
- मैले पाउने तलब सुविधा सम्झौता-पत्रमा उल्लेख गरिए भन्दा कम छ।
- मलाई बिना अतिरिक्त पारिश्रामिक सम्झौता-पत्रमा तोकिएको भन्दा बढी समय काम गर्न बाध्य पारिएको छ।
- मलाई साप्ताहिक बिदा दिईदैन र साप्ताहिक विदाको दिनमा काम गरे बापत क्षतिपुर्ति/अतिरिक्त्त पारिश्रमिक पनि दिईदैन।
- मेरो रोजगारदाताले मलाई भिसा प्रदान गरेबापत उसलाई मैले पैसा तिर्नु पर्ने बताउँछ।
- मेरो रोजगारदाताले मलाई आवास, उपचार खर्च र खाना दिए बापत उसलाई पैसा तिर्नु पर्ने बताउँछ।
- मलाई यस मुलुकमा ल्याए बापत मैले मेरो स्पोन्सर वा मलाई काम दिने एजेन्सीलाई पैसा तिर्नु पर्छ।
- यदि मैले मेरो कामको अवस्थाबारे यहाँको प्रहरी वा श्रम मन्त्रालयमा कुनै उजुरी गरेमा मेरो रोजगारदाताले मलाई यो देशबाट निकाला गर्ने धम्की दिएको छ।
- काम गर्ने स्थानमा घरपरिवारका सदस्यहरूद्बारा मलाई शारीरिक दुर्व्यवहार गरिनुका साथै अनुचित तरिकाले संवेदनशील अंगहरूमा स्पर्श गरिन्छ।
- मेरो रोजगारदाताले मलाई कुटपिट गर्छ।
- म माथि हिंसाको धम्की दिईन्छ।
- मलाई पुरूषहरूसँग शारीरिक सम्पर्क गर्न बाध्य पारिन्छ।
- म वेश्यावृति त्यागेर नेपाल फर्कन चाहन्छू तर मेरो रोजगारदाताले मलाई जान दिंदैन।
यदि माथि उल्लेखित कार्यहरु तपाईंले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा भोग्नु भएको छ भने तपाई मानव बेचबिखन/तस्करी को पीडित हुनुहुन्छ।
याद राख्नुहोस्, तपाईं पीडित हो, अपराधी होइन।
रोयल ओमानी प्रहरी तपाईंको मद्दत गर्न तयार छन्। उनीहरूलाई यस्ता पिडितहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा तालिम दिईएको छ। उनीहरूले तपाईंलाई तपाईंको रोजगारदाताबाट बचाउन सक्छन्। उनीहरूले तपाईंको यस दुःखद अवस्थाको अन्त्य गर्न सक्छन्।
मैले के गर्नु पर्छ ?
यदि तपाईलाई हिडडुल गर्न दिईन्छ भने नजिकैको रोयल ओमान प्रहरीको कार्यालयमा गएर तपाईंको समस्या राख्नुहोस्। यदि तपाईं आफैं प्रहरीकोमा जान सक्नुहुन्न भने तपाईं आफ्नो साथी-भाईको मद्दतले आफ्नो समस्या प्रहरीकोमा पुर्याउन सक्नुहुनेछ।
रोयल ओमान प्रहरीकोमा फोन गर्नुहोस्
८०० ७७ ४४४
फोन निःशुल्क हुन्छ। कर्मचारीहरू अंग्रेजी र अरबिक दुवै बोल्न सक्छन्।
यदि तपाईं अरबीक वा अंग्रेजी बोल्न जान्नु हुन्न भने जान्ने मान्छेलाई अनुरोध गर्नुहोस्।
अब के हुन्छ ?
रोयल ओमानी प्रहरीले तपाईंको उजुरीको छानबिन गर्नेछन्। तपाईंको सुरक्षा तथा हितको लागि तपाईंलाई विशेष सुरक्षा गृहमा राख्न सकिने छ।सहयोगी कर्मचारीहरूले तपाईंको सुरक्षा, औषधि उपचार लगायत अन्य आवश्यकताहरूको ख्याल गर्नेछन्।
यी सबै सेवाहरू निःशुल्क हुने छन्।
For more information: थप जानकारीको लागि लिंकमा क्लिक गर्नुहोलाः - Open the link
3. राजदूतावासका हटलाइन नम्बरहरु
नियमित कामको लागि कार्यालय समयमा (आइतवारदेखि बिहीबारसम्म विहान ८ बजे देखि दिउसो ३ बजेसम्म) फोन गर्न सकिनेछ ।
श्रमिक उद्दार, मानवतस्कारी लगायत अत्यावश्यक र अत्यन्त इमरजेन्सी कामका लागि कार्यालय समय पछि पनि फोन गर्न सकिनेछ ।
१) श्रमिकको उद्दार, मानवतस्करी लगायत अन्य आपतकालीन अवस्थामा मोवाइल नम्बर 71592490 वा श्रम सहचारी मोवाइल नम्बर 71592506 फोन गर्न सकिनेछ । नियमित र सामान्य कामका लागि कार्यालय समयमा मात्र फोन गर्नु होला। वेबसाइट र फेसबुकपेजमा पनि राहदानी, कन्सुलर, भिसा, डिमाण्ड स्वीकृति, राजदूतावास खुल्ने समय, बिदा, आवश्यक पर्ने कागजात लगायतका धेरै सूचनाहरु राखिएका छन्।
२) राहदानी, यात्राअनुमतिपत्र लगायत अन्य कन्सुलर सम्बन्धी अत्यावश्यक कामका लागि तृतीय सचिको मोवाइल नम्बर 92075071 मा फोन गर्नुहोला ।
३) यी मोवाइल नम्बरहरु उठेनन वा हाम्रो सेवा प्रवाह प्रति कुनै गुनासो भयो भने, गुनासो सुन्ने अधिकृत तथा प्रवक्ताको 91352203 मोवाइल नम्बरमा फोन गर्नु होला ।