NEP
  • NEP
  • ENG

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं: २०८२ जेठ ७ गते बुधबार, ११:४१ बजे

नेपाल संवत: ११४५ वछलागा नवमी - २४

ओमान सरकारद्वारा प्रदान गरिएको छुट अवधिमा स्वदेश फिर्ती (Departure during the grace period) सम्बन्धी जानकारी

ओमान सरकारद्वारा प्रदान गरिएको छुट अवधिमा स्वदेश फिर्ती (Departure during the grace period) सम्बन्धी जानकारी

ओमान सरकारद्वारा प्रदान गरिएको छुट अवधिमा स्वदेश फिर्ती सम्बन्धी जानकारी


ओमानको श्रम मन्त्रालय (Ministry of Labour) द्वारा जारी गरिएको छुट अवधिमा स्वदेश फिर्ती योजना अन्तर्गत, ओमानमा भिसा सकिएर अवैधानिक रूपमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्किन पाउने अवसर प्रदान गरिएको छ। यस योजनाअनुसार स्वदेश फर्किने नेपालीहरूका लागि तोकिएको जरिवाना शुल्क पूर्ण रूपमा माफ गरिनेछ।

यस योजनाको लाभ लिन इच्छुक नेपाली नागरिकहरूले स्यवम् वा कोही साथीभाई वा राजदूतावासका स्वयम्सेवकहरु वा नेपाली सोसल क्लब लगायत संघसंस्थाका प्रतिनिधिको सहयोग लिई तल दिइएको वेबपेजमा गई प्रक्रिया पूरा गर्नु पर्नेछ:

👉 https://www.mol.gov.om/manpoweralleservices/details/registration-for-departure-within-the-grace-period-306

वेबसाइटमा दिइएको चरणहरू अनुसार आवश्यक विवरणहरू भरेर आवेदन गर्नुहोला।

हाल ओमान सरकारले यो योजना 2025 जुलाई 31 मा अन्त्य हुने जनाएकोले समय भित्रै अवसरको उपयोग गर्न सूचित गरिन्छ यो सुवर्ण अवसरको लाभ उठाउनुहुन ओमानमा रहनुभएका सम्बन्धित नेपाली नागरिकहरूलाई अनुरोध गरिन्छ। थप केही सहयोग वा जानकारी आवश्यक भए राजदूतावासमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ।

 


नेपाली राजदूतावास, मस्कट
मे २०२५

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...