प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोगको लागि हार्दिक अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोगको लागि हार्दिक अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोगको लागि हार्दिक अपिल

मिति २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति भएको छ। उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरू प्रभावित बनेका छन्। सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यलाई तीव्रता दिएको छ।

यस विनाशकारी विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ठूलो धनराशी खर्चिनुपर्ने अवस्था सिर्जना भएको छ। यस दुःखद् घडीमा स्वदेश तथा विदेशबाट सहयोगका लागि चासो व्यक्त गर्नुहुने सम्पूर्णलाई निम्न बमोजिमको आधिकारिक माध्यमहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा सहयोग गर्नुहुन नेपाली राजदूतावास हार्दिक अपील गर्दछ।

विदेशबाट आर्थिक सहयोगका लागि निम्न Portal मा Click गर्नुहोस्।

pmdrf.nchl.com.np

साथै, स्वदेश तथा विदेशबाट सहयोगका विभिन्न वैकल्पिक माध्यमहरू र QR Code सहितको विस्तृत विवरण यसैसँग संलग्न गरिएको बेहोरा अनुरोध छ।

नेपाली राजदूतावास, मस्कट
ओमान