भानु जयन्तीमा साहित्यिक कार्यक्रम- २०८१ असार २८

भानु जयन्तीमा साहित्यिक कार्यक्रम- २०८१ असार २८

श्रम सचेतना र साहित्य कार्यक्रम

 

२११औं भानु जयन्तीको अवसरमा नेपाली राजदूतावास, मस्कटले नेपाली सोसल क्लब ओमान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमानको सहकार्यमा मिति २०८१ असार २८ गते तद्‌नुसार १२ जुलाई २०२४ बेलुका १५:०० बजेदेखि १८:०० बजेसम्म नेपाल हाउसमा श्रम सचेतना तथा साहित्य कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममार्फत नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती अर्थात भानुजयन्ती मनाउने, नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने र साहित्यिक प्रस्तुतिको माध्यमबाट श्रम चेतना सम्बन्धी जानकारी प्रवाह गर्ने कार्य सम्पन्न गरिएको थियो।

 

कार्यक्रमको शुरुआत ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालद्वारा परम्परागत पानसमा दिप प्रज्वलन गरी गरिएको थियो। राजदूत अर्यालले, स्वागत मन्तव्यमा, नेपालका प्रथम कवि अर्थात आदिकवि भानुभक्त आचार्यको स्मरण गर्दै वहाँले नेपाली साहित्यमा पुर्याएको योगदान बारे चर्चा गरेका थिए। उहाँले मानव जीवनमा साहित्यको महत्व र विभिन्न विषयमा चेतना जगाउन साहित्यिक कृतिले कसरी सहयोग गर्न सक्छ भन्ने बारेमा प्रकाश पारे। राजदूत अर्यालले राजदूतावासले विभिन्न संघ-संस्थासँग सहकार्य गरेर नयाँ तरिकाले आगामी वर्ष यस कार्यक्रमलाई सञ्सहकार्य गरेर यस्ता कार्यक्र समतचालन गर्न आशय व्यक्त गर्नु भएको थियो।

 
राजदूतावासका द्वितीय सचिव श्री बिशेष कुमार साहले पुनःश्रम स्वीकृति,अनलाइन पोर्टलबाट मागपत्र प्रमाणीकरण लगायत श्रम सचेतनासँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा प्रस्तुतिकरण गरेका थिए। श्री विकल झा, श्री कृष्ण भुसाल प्यासी र नेपाली समुदायका अन्य सदस्यहरूले श्रम चेतना र मातृभूमिबाट टाढा रहँदा बखत जीवन र जीविकोपार्जन बुझ्न साहित्यको महत्त्वबारे आफ्नो विचार राखेका थिए। कार्यक्रममा २१ जना सहभागीहरूले कविता,  गजल र अन्य नेपाली साहित्यिक कृतिहरू वाचन गरेका थिए।

 
कार्यक्रमको संचालन श्री बिशेष कुमार साह र श्री तोलकान्त भट्टराईले संयुक्त रुपमा गरेका थिए। कार्यक्रम सञ्चालन गर्न ओमानमा रहेका विभिन्न नेपाली संघसंस्थाका स्वयंसेवकहरूले सहयोग गरेका थिए।

 

नेपाली राजदूतावास, मस्कट

ओमान
१२ जुलाई २०२४