महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ दिल्लागा दशमी - २५

साहित्य र श्रमिक सचेतना कार्यक्रम- २७ अषाढ २०८२ (11 July 2025)

साहित्य र श्रमिक सचेतना कार्यक्रम- २७ अषाढ २०८२ (11 July 2025)

साहित्य र श्रमिक सचेतना कार्यक्रम- २७ अषाढ २०८२ (11 July 2025)

प्रेस विज्ञप्ति
साहित्य श्रमिक सचेतना कार्यक्रम

 नेपाली राजदूतावास, मस्कटले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, ओमानको सहकार्यमा २१२औं भानु जयन्तीको अवसरमा साहित्यश्रमिक सचेतना कार्यक्रम ११ जुलाई २०२५ (२७ अषाढ २०८२) मा नेपाल घर, मस्कटमा अपराह्न :०० बजेदेखि साँझ :०० बजेसम्म आयोजना गर्यो यस कार्यक्रमको प्रमुख उद्देश्य आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीमा नेपाली भाषा, साहित्य तथा संस्कृतिको प्रवर्द्धन गर्नु र श्रमिक सचेतना अभिवृद्धि गर्नु थियो।

कार्यक्रमको औपचारिक शुभारम्भ राजदूत महामहिम डोरनाथ अर्यालज्यूद्वारा परम्परागत पानस दिप प्रज्वलन गरी गरिएको थियो। स्वागत मन्तव्यमा राजदूत अर्यालले आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको नेपाली साहित्यमा अतुलनीय योगदानको चर्चा गर्नुभयो। उहाँले वैदेशिक रोजगारीका लागि आवश्यक कागजातहरूको तयारीदेखि लिएर सुरक्षित आप्रवासनका लागि सचेतना अभिबृद्धि जस्ता विभिन्न विषयहरूमा प्रकाश पार्नुभयो। साथै, उहाँले कार्यक्रममा साहित्यिक प्रस्तुति दिने सहभागीहरूप्रति आभार व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा कविता वाचन, गीत, गजल लगायतका विविध साहित्यिक तथा सांस्कृतिक प्रस्तुतीहरू समावेश गरिएका थिए। नेपाली राजदूतावासद्वारा तयार गरिएको श्रम चेतनामूलक भिडियो पनि प्रस्तुत गरिएको थियो। केही भिडियोहरू चाँडै राजदूतावासको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिनेछ।

कुल १८ जना सहभागीहरूले कविता, गीत गजलजस्ता आफ्ना सर्जनात्मक कृतिहरू प्रस्तुत गरेका थिए। हरेक सहभागीलाई प्रशंसापत्र मायाको चिनो प्रदान गरिएको थियो।

नेपाली राजदूतावासका उपप्रमुख श्री बिशेष कुमार साह अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, ओमानका प्रतिनिधि श्री बिकाश घलेले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

नेपाली राजदूतावास, मस्कट
ओमान
२७ अषाढ २०८२ (११ जुलाई २०२५)