महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व सप्तमी - ७

ओमान सरकारद्वारा प्रदान गरिएको छुट अवधिमा स्वदेश फिर्ती (Departure during the grace period) फर्म भर्ने जानकारी सम्बन्धी जरुरी सूचना

ओमान सरकारद्वारा प्रदान गरिएको छुट अवधिमा स्वदेश फिर्ती (Departure during the grace period) फर्म भर्ने जानकारी सम्बन्धी जरुरी सूचना

ओमान सरकारद्वारा प्रदान गरिएको छुट अवधिमा स्वदेश फिर्ती (Departure during the grace period)  फर्म भर्ने जानकारी सम्बन्धी सूचना

नेपाली राजदूतावास ओमानबाट 05 मे 2025 मा ओमान सरकारद्वारा प्रदान गरिएको छुट अवधिमा स्वदेश फिर्ती (Departure during the grace period) सम्बन्धी सूचना जारी गरिसकिएको छ। सूचना पश्चात धेरै सेवाग्राहीबाट फोन मार्फत ओमान सरकारले उपलब्ध गराएको वेबपेजमा फर्म भर्ने प्रकियाका सम्बन्धमा सोधनी भईरहेकोले सो सम्बन्धमा यस सूचना मार्फत फर्म भर्ने प्रकिया थप  स्पष्ट गरिएको छ।

ओमानको श्रम मन्त्रालय (Ministry of Labour) द्वारा जारी गरिएको छुट अवधिमा स्वदेश फिर्ती योजना अन्तर्गत, ओमानमा भिसा सकिएर अवैधानिक रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई जरिवाना मिनाहा गरी  स्वदेश फर्किन पाउने अवसर प्रदान गरेको

फर्म भर्ने प्रक्रिया

  1. ओमान सरकारको श्रम मन्त्रालय (Ministry of Labour ) को तल उल्लेखित link खोल्ने https://www.mol.gov.om/manpoweralleservices/details/registration-for-departure-within-the-grace-period-306

                               वा

  • https://www.mol.gov.om मा जाने
  • English मा click गर्ने
  • Website को services Tab मा जाने
  • services Tab भित्र Manpower Service मा जाने
  • Registration service for departure during  the grace period मा Click गर्ने
  • Start service मा click गर्ने तलको बक्स देखिन्छ ।

 

  • माथिको बक्समा Passport Number ,Passport issue country Passport Expire Date भर्ने।
  • Verify मा Click गर्ने

 

  • यदि तपाईको एक पटक Civil ID Card बनेको छ भने तपाईको नाम देखाउछ ।
  • नाम verify भएपछी Mobile Number Email राख्ने
  • Mobile Number Email राखीसकेपछी Login मा Click गर्ने
  • Log in गरिसकेपछी तपाईको बिवरण खुल्छ।
  • विवरणको अन्तमा Mobile Number राख्ने ठाँउ आउछ । आफ्नो Mobile Number राख्ने ठाँउ आउछ। तहाँ पुन मोबाईल नम्बर राख्ने
  • Continue मा Click गर्ने
  • उक्त मोबाईल नम्बरमा OTP आउछ। OTP Number भनेको स्थानमा OTP राख्ने
  • Save Button मा  Click गर्ने ।
  • Data Save भएको अवस्थामा निम्न अवस्थाको Application submit भएको विवरण देखिन्छ. Application Status मा  Blue color  देखिन्छ ।

                      

  1. ओमान सरकारको श्रम मन्त्रालय (Labour Ministry) को सूचना अनुसार समिट भएको विवरण Royal Oman Police  Public Prosecution Office मा  review auditing purpose, को लागि जाने र Application submit भएको  को 10 दिन भित्र स्वदेश फिर्ता हुनसक्ने व्यक्तिहरुको विवरण Ministry को website मा सार्वजनिक गर्ने जनाएको छ । वा पुन Log in गरेर हेर्दा Application Status मा Orange color  मा अरवी भाषामा Departure process will be completed लेखेको देखिन्छ ।

 

  1. स्वदेश फिर्ता हुनसक्ने लिस्टमा नाम भएका व्यक्तिहरु पासपोर्ट साथैमा भएमा हवाई टिकट लिई उडान समय भन्दा 7 घन्टा अगाडीनै विमानस्थलमा रहेको Ministry of labour office को कार्यालयमा गई आफ्नो कागजात देखाई स्वदेश फिर्ता हुन सक्नुहुनेछ ।

                                                                  

 

  1. पासपोर्ट साथमा नभएका व्याक्तिहरु स्वदेश फिर्ताहुन सक्ने लिस्टमा नाम आएपछी राजदूतावासमा आई Travel Document  बनाई टिकट लिई स्वदेश फिर्ताको लागि 7 घन्टा अगाडीनै विमानस्थलमा रहेको Ministry of labour office को कार्यालयमा गई आफ्नो कागजात देखाई स्वदेश फिर्ता हुन सक्नुहुनेछ।
  1. ओमानको श्रम मन्त्रालय (Ministry of Labour) द्वारा जारी गरिएको छुट अवधिमा स्वदेश फिर्ती योजना अन्तर्गत, ओमानमा भिसा सकिएर  अवैधानिक रूपमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्किन पाउने अवसर प्रदान गरिएको छ। यस योजनाअनुसार स्वदेश फर्किने नेपालीहरूका लागि तोकिएको जरिवाना शुल्क पूर्ण रूपमा माफ गरिएको जनाइएको छ
  1. यस योजनाको लाभ लिन इच्छुक नेपाली नागरिकहरूले स्यवम् वा कोही साथीभाई वा आफन्त वा राजदूतावासका स्वयसेवकहरु वा नेपाली सोसल क्लब लगायत संघसंस्थाका प्रतिनिधिको सहयोग लिई उक्त प्रक्रिया पुरा गर्नुहुन अनुरोध गरिन्छ।
  1. हाल सप्टवेयर सिष्टममा चाँपको कारण एकै पटकमा फर्म Submit नहुने समस्या देखिएकोले पटक पटक फर्म  submit  गर्न प्रयास गरिरहन समेत अनुरोध गरिन्छ ।  

नेपाली राजदूतावास, मस्कट

2६ मे २०२५ (२०८२ जेठ १२)