महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलागा सप्तमी - २२

मागपत्र प्रमाणीकरणका कागजात सम्बन्धी एप बारे सूचना- २०८२ जेठ ०४

मागपत्र प्रमाणीकरणका कागजात सम्बन्धी एप बारे सूचना

                                                                                      सूचना


यस राजदूतावासले सस्थागत मागपत्र प्रमाणीकरणका लागि ओमानमा पेश गर्नुपर्ने बिभिन्न ६ प्रकारका कागजातहरू (Demand letter, Power of Attorney, Letter of guarantee, Inter-Party Agreement, Sample Employment contract, Letter of Undertaking) एक पटक गरेको प्रबिष्टिबाट सबै कागजातहरु स्वचालित रुपमा एकै पटक जेनेरेट हुने गरी तयार गरिएको एप्लिकेशनको यही मे १० बाट शुभारम्भ भई प्रयोगमा आइ सकेको छ।

अतः रोजगारदाता कम्पनीहरूले आफ्नो Employer Login ID बाट https://demand.nepalconsular.gov.np/  मा लगइन गरी मागपत्रको लागि पेश गर्नु पर्ने कागजातहरू सजिलै र एकै छिनमा तयार गर्न सकिने छ ।यसरी तयार भएका कागजातहरू कम्पनीको लेटर हेडमा प्रिन्ट  गरी Oman Chamber of Commerce बाट प्रमाणित गराई कागजातहरु अपलोड गर्न सकिने र केही आवश्यक बिवरण प्रवृष्टिको आधारमा कागजातहरु स्वचालितरुपमा बनाउन सकिने भएकोले उक्त प्रणालीको प्रयोग गर्नुहुन ओमानस्थित सम्पूर्ण  रोजगारदाताहरुलाई सूचित गरिन्छ ।

नेपाली राजदूतावास, मस्कट, ओमान
२०८२ जेठ ०४