Passport

                                                                                                           

Apply e-Passport

 

Passport(राहदानी)       

ओमानमा बैदेशिक रोजगारको सिलसिलामा वा अध्ययन लगायत अन्य विभिन्न पेशासँग आवद्ध भई बसोबास गरिरहनु भएका नेपाली नागरिकहरुको राहदानीको म्याद एक बर्ष भन्दा कम भएमा, म्याद सकिएमा, हराएमा वा च्यातिएमा आवश्यक कागजातहरु तथा तोकिएको शुल्क राजदूतावासमा बुझाएपछि राजदूतावासबाट नयाँ राहदानी जारी हुनेछ ।  नेपालबाट राहदानी तयार हुन करिब ६ देखि ८ हप्ता लाग्ने र तयार भई राजदूतावासमा आइसकेपछि वितरण गरिने छ।

राहदानीको लागि प्रि-इनरोलमेन्ट फारम भर्ने सम्बन्धी जानकारी
सकेसम्म आफ्ना कागजात सूचना अरू कसैलाइ दिनु राम्रो होइन अतः तलको निर्देशन पालना गरेमा फाराम सजिलै भर्न सकिन्छ । त्यसैले सकेसम्म फाराम आफैले भर्नु हाेला ।
ई-पासपोर्ट आवेदन गर्नका लागि प्रिइनरोलमेन्ट गर्ने तरीका
१. राहदानी विभागको वेबसाइटमा उपलब्ध वा https://emrtds.nepalpassport.gov.np लिंकमा प्रवेश गरी देहायमध्ये एक आवेदनको प्रकार छान्ने ।
 पहिलो पटक राहदानी बनाउने (नेपाली बाबु आमाका ओमानमा जन्मेका सन्तानको हकमा) वा हस्तलिखित राहदानी बाहकहरुले नयाँ (New)
 पुरानो MRP हुनेहरुले नवीकरण (Renewal)
 हालको राहदानी हराएको हकमा हराएको/चोरिएको (Lost/Stolen)
 हालको राहदानी विभिन्न कारणले बिग्रेको हकमा बिग्रेको (Damaged)
 त्यसपछि Ordinary 34 pages अप्सनमा क्लिक गर्ने ।
 अथवा ६६ पेजको राहदानी लिन चाहनेले Ordinary 66 pages अप्सनमा क्लिक गर्ने। (हाल उपलब्ध नभएकाे)
२. त्यस पश्चात उपलब्ध हुने राहदानीको फारममा भएका विभिन्न उपशीर्षकमा रहेका विवरणहरु भर्ने।
 जनसांख्यीक जानकारी
 नागरिकता सम्बन्धी जानकारी
 आवेदकको सम्पर्क विवरण
 जरूरी परेमा सम्पर्क गर्ने विवरण
 अन्तिम/हालको राहदानी सम्बन्धी विवरण
नोटः ओमानबाट आवेदन गर्ने आवेदकका लागि राष्ट्रिय परिचयपत्र नं. आवश्यक नपर्ने।
३. त्यस पश्चात आफ्नो नागरिकता प्रमाणपत्रको दुवै पेज, हालको राहदानीको फ्रन्ट पेज (फोटो तथा व्यक्तिगत विवरण भएको पेज) र ब्याक पेज (पेज ३० र ३१) तथा अन्य सान्दर्भिक कागजात ( बुँदा नं. ६ बमोजिम ) छुट्टाछुट्टै JPEG वा PNG format मा स्क्यान गरी अपलोड गर्ने।
४. त्यस पश्चात Book Your Appointment मा प्रवेश गरेर Other अप्सन क्लिक गरी NE, Muscat अप्सन छानेर आफूलाई उपयुक्त हुने वा उपलब्ध मध्ये अघिल्लो मिति र समय बुकिंग गर्ने ।बुंकिग गरेको मितिमा विहान १० बजे देखि अपरान्ह २ बजेसम्म राजदूतावासमा आउन सकिने ।
५. तत्पश्चात फाराम submit गर्ने र त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गर्ने।राजदूतावासमा आवेदनका लागि आउँदा सो प्रिन्ट गरिएको फारम लिएर आउनुपर्नेछ।
६. प्रि इनरोलमेन्ट गर्दा अपलोड गर्नुपर्ने कागजातहरु:
 नागरिकता प्रमाणपत्रको अगाडी/पछाडी पेज छुट्टाछुट्टै  कलर कपी।
 हालको राहदानीको फ्रन्ट पेज (फोटो तथा व्यक्तिगत विवरण भएको पेज) र ब्याक पेज (पेज ३० र ३१) छुट्टाछुट्टै कलर कपि।
 हालको राहदानी हराएको हकमा ओमान प्रहरीबाट जारी गरिएको राहदानी हराएको प्रहरी प्रतिवेदन सहित ।
७. १६ बर्ष भन्दा कम उमेरका बालबालिकाको लागि
 बुबा आमाको नागरिकताको प्रमाणपत्र ।
 बुबा आमाको विवाह दर्ताको प्रमाणपत्र ।
 ओमानमा जन्मेको बालबालिकाको हकमा पहिलो पटक ई-पासपोर्टका लागि आवेदन गर्दा यहाँबाट जारी जन्मदर्ता प्रमाणपत्रको तर यस प्रक्रियाबाट एकपटक राहदानी लिईसकेकाहरुको हकमा राहदानी नविकरणका लागि आवेदन गर्दा
सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नाबालक परियचपत्र
अनिवार्यरुपमा पेश गर्नु पर्नेछ ।
 नेपालमा जन्मेको बालबालिकाको हकमा नाबालक परिचयपत्र ।
• e-Passport का निमित्त Pre-enrollment गर्दा आफ्ना विवरणहरू भरिसकेपछि पेश(Submit) गर्नु भन्दा अगाडी राम्रोसँग रूजु गर्नुहुन अनुरोध गरिन्छ।
• माथि उल्लेखित कागजातका प्रतिहरु लाईभ इनरोलमेन्ट गर्न आउँदा समेत साथमा लिएर राजदूतावास आउनुपर्नेछ ।
• नागरिकताको अपलोड गरिएका प्रतिहरू कतिपय नबुझिने देखिएकोले संभव भएमा र सक्कल साथमा भए सक्कल र नभएमा कलर फोटोकपी वा बुझिने फोटोकपी लिएर आउनु होला ।
• e-Passport को आवेदनका लागि Pre-enrollment फाराम भरिसकेपछि राजदूतावासमा Live-enrollment का लागि आँउदा तोकिएको मितिमा मात्र आउनुहुन र आँउदा सक्कल राहदानी र नागरिकताको प्रमाणपत्र ल्याउनु हुन अनुरोध छ ।
• राहदानी दस्तुर/शुल्क-
 ३४ पेजको राहदानी नवीकरणको लागि ओमानी रियाल  २०।-
 ६६ पेजको राहदानी नवीकरणको लागि ओमानी रियाल … (हाल उपलब्ध नभएकाे)
 १० बर्ष भन्दा कम उमेरका बालबालिकाको राहदानीका लागि ओमानी रियाल – १०/-
 पहिलेको राहदानी चोरी भएको/हराएको/च्यातिएको वा कुनै कारणले काम नलाग्ने भई अर्को राहदानी बनाउनु परे माथि उल्लेखित शुल्कको दोब्बर शुल्क लाग्नेछ।

• ई-पासपोर्टका बारेमा थप जानकारी आवश्यक परेमा वा  लाइभ इनरोलमेन्ट गरेपछि राहदानी बने नबनेकाे वा त्यसको स्टाटस के छ भनेर जानकारी लिन राहदानी विभागको वेबसाईट https://nepalpassport.gov.np मा हेर्नु हुन वा
नेपाल पासपाेर्ट माेवाइल एप डाउनलाेड गरी हेर्नु हुन । साथै राजदूतावासकाे फेसबुक पेजमा राखिने सूचनाहरु हेर्नु हुन । यसाे गर्दा पनि थाहा नभएमा राजदूतावासमा कार्यालय समय भित्र (८ देखि ३ बजे) फोन गर्नु हुन अनुरोध छ।

फाराम नभरी सिधै राजदूतावास आउँदा फाराम भर्न समय लाग्ने, कुनै बेला लामो समय कुर्नु पर्ने, कुनै कागजातको अभावमा पुनः आउनु पर्ने आदि हुन सक्छ।अतः राहदानीको लागि आवेदन गर्न आउनु पूर्व प्रि-इनरोलमेन्ट फाराम भरेर र ल्याउनु पर्ने कागजात तथा विवरण यकिन गरेर आउनु हुन अनुरोध छ।मस्कटमा राहदानीको लागि फाराम भर्दा इ-सिक्स होलिडेज, ट्राभल एण्ड टुर्स, मस्कट (77593636), हिमाल रेमिटका ओमान प्रतिनिधि श्री मनिष बहादुर बस्नेत (96013302), सिटि एक्सप्रेसका ओमान प्रतिनिधि श्री अजय विष्ट (90121146),हमदान एक्सचेन्जमा कार्यरत श्री सुदीप के.सी.(72228203) र सलालास्थित ग्लोबल मनि एक्स्चेन्जमा कार्यरत श्री प्रकाश ढकाल (93219133) ले स्व्यम सेवकको रुपमा निःशुल्क राहदानी प्रि-इनरोल्मेन्ट फाराम भर्ने तथा यस सम्बन्धी जानकारी दिई आवश्यक सहयोग गर्नु हुनेछ।
अतः आफै विद्युतीय राहदानीको फाराम भर्न नजान्ने सेवाग्राहीहरुले उहॉहरुको सहयोग लिन सक्ने व्यहोरा अनुरोध छ ।

२०८० असाेज २६
नेपाली राजदूतावास
+96824696177
online pre-enrollment भर्ने link:
EMRTDS.NEPALPASSPORT.GOV.NP
Passport Pre-Enrollement – NEPAL