‘Tea with Ambassador’ कार्यक्रम सम्बन्धी प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

नेपाली राजदूतावास, मस्कटले आज मिति २०७५/०९/२७ गते राजदूत निवास, मस्कटमा आफ्नो नियमित कार्यक्रम Tea with Ambassador आयोजना गरेको थियो। उक्त कार्यक्रम अन्तर्गत महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूसंग ओमानमा कार्यरत नेपाली महिला दिदी बहिनीहरुले समसामयिक विषयमा छलफल गर्नु भएको थियो।

कार्यक्रममा उपस्थित सबै दिदी बहिनीहरुले बिभिन्न अनुभवहरु सुनाउनु हुँदै हाल भोगिरहेका मुख्य समस्याहरु र तिनका समाधानका बारेमा जिज्ञाशाहरु राख्नु भयो। अधिकांश सहभागीहरुले नेपाल सरकारले हाल कार्यरत महिला घरेलु कामदारलाई पुनः श्रम स्वीकृति बन्द गरेको कारणले भोग्नु परेको पीडाहरुको बारेमा बयान गर्दै यसलाई सकेसम्म चाडै खुलाइदिन महामहिम राजदूतज्यूलाई अनुरोघ गरे। अन्य वक्ताहरुले दूतावासले स-हानीय काम गरेको र अगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन अनुरोध गर्नु भयो।

कार्यक्रमको अन्त्यमा महामहिमज्यूले नेपाली दिदीबहिनीहरुको जिज्ञाशाहरुको उत्तर दिनुहुंदै नेपाल सरकारको संसदीय समितिका प्रतिनिधिज्यूहरुले सम्बन्धित देशहरुमा निरीक्षण गरी त्यहाँको अवस्था बुझी महिला घरेलु कामदारलाई खाडी मुलुकमा प्रतिबन्ध लगाइएको हुनाले सो खुलाउन सम्बन्धित निकायहरुले नै पहल गर्ने भएकोले प्राप्त सुझाव सम्बन्धित निकायमा पु-याइदिने बताउनु भयो साथै विदेशी भूमिमा रहँदा सबैले सो देशको कानून पालना गर्नु पर्ने र कुनै पनि कठिनाईहरु आउँदा नेपाली राजदूतावासले सदैव सहयोग गर्न तत्पर रहेको जनाउनु हुँदै कार्यक्रममा पाल्नुहुने सबैजनालाई धन्यवाद दिनुभयो।

कार्यक्रममा ओमानमा विभिन्न पेशामा कार्यरत महिला दिदी बहिनीहरु तथा ओमानमा सकृय विभिन्न संघ-संस्थाहरुका प्रतिनिधिहरुको पनि सहभागिता थियो। कार्यक्रममको अन्त्यमा नेपाली खाजाको व्यवस्था गरिएको थियो।

नेपाली राजदूतावास, मस्कट
२७ पौष २०७५