Press Release on Meeting with Chairman of OCCI

प्रेस विज्ञप्ति

नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालले ‌ओमन Diplomatic Institute, Ministry of Foreign Affairs की निर्देशक डा. जैनव अली सायद अल कास्मीसँग वहाँको कार्यकक्षमा द्विपक्षीय भेटघाट गर्नुभयो। वहाँहरूबीच सौहार्द्वपूर्ण वातावरणमा विवध आपसी हितका विषयमा छलफल भयो।

उक्त भेटघाटमा महामहिमहरूबीच विशेषगरी नेपाली दूतावासले आयोजना गर्न लागेको B2B बैठकमा केन्द्रित रहेर छलफल भयो।उक्त बैठकमा महामहिम राजदूतज्यूले बैठकको लागि अध्यक्षज्यूलाई धन्यवाद ज्ञापन गर्दै हालसम्म पुर्‍याएको सहयोगका लागि कृतज्ञता प्रकट गर्नु भयो। ‌ओमन उद्योग वाणिज्य महासंघका अध्यक्षज्यूले अन्य B2B बैठकहरूको अनुभव बाड्दै नेपाली दूतावासले आयोजना गर्न लागेको उक्त बैठकका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्बता जाहेर गर्नुभयो। महामहिमहरूबिच बैठकको मोडलिटि तथा दुवैतर्फबाट सम्भाव्य सहभागीहरूको विषयमा समेत छलफल भयो।

उक्त बैठक नेपाल सरकारको निर्यात प्रबर्द्बन नीतिलाई सहयोग पुग्ने हेतुले आयोजना गर्न लागिएको हो। आगामी फेब्रुअरी महिनामा आयोजना हुने गरी तयारी गरिएको यस बैठकमा इच्छुक गुणस्तरीय निर्यातकर्ताहरूलाई नेपाल सरकारको सम्बन्धित विभाग मार्फत निम्ता गरिने छ।

२०७६ कार्तिक ४, सोमबार।
नेपाली राजदूतावास, मस्कट