Press Release on “नेपाली साँझ”

प्रेष-विज्ञप्ति

नेपालको संविधान २०७२ घोषणा भएको चौथो बार्षिकोत्सवको उपलक्ष्यमा तथा “नेपाल भ्रमण बर्ष २०२०” लाई केन्द्रमा राखेर नेपाली राजदूतावासले आज राजदूत निवासमा “नेपाली साँझ” कार्यक्रमको आयोजना गर्यो।

महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यू र ओमनमा लामो समयदेखि रहनुभएका श्री तोलाकान्त भट्टराईज्यूले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक शुरूवात गर्नु भयो। तत्‌पश्चात हल अगाडि दीप प्रज्वलन कार्यक्रम आयोजना गरियो। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै महामहिम ढकालज्यूले संविधान दिवसको महत्वमाथि प्रकाश पार्नुभयो। महामहि ढकालज्यूलेनेपालको परराष्ट्र नीति र वर्तमान सरकारको लक्ष्य“समृद्ब नेपाल सुखी नेपाली” को नारालाई कार्यन्वयन गर्न एउटा प्रयास स्वरूप यस कार्यक्रम आयोजना गरिएको व्यहोरा जानकारी गराउनु भयो।उपस्थित पाहुनाहरूसमक्ष नेपाली पर्यटनको केही विशेषताहरू दर्शाउँदै महामहिमले सबैलाई “नेपाल भ्रमण बर्ष २०२०” को उपलक्ष्यमा ओमनमा कार्यरत सम्पूर्ण नेपालीहरूले कम्तीमा एकजना विदेशीलाई नेपाल जान प्रेरित गर्न समेत अनुरोध गर्नुभयो।

पर्यट्रन प्रबर्द्बनलाई टेवव पुग्ने गरी नेपाली सुमधुर संगीतलाई ओमनस्थित जनसमुदायहरूलाई पस्कन नेपालबाट सुर-सुधालाई झिकाइएको थियो भने ‌ओमनी गायक हाइथम रफी र ग्रीक गायिका दनाई पाचियानाकीले समेत उक्त कार्यक्रममा नेपाली गित गाउनु भएको थियो।ओमनमा बस्ने नेपाली दाजुभाई तथा दिदिबहिनीहरूले सारंगी, बासुरी तथा अन्य धुनहरू बजाएर सबैलाई स्वागत गरिएको थियो। कार्यक्रम स्थल परिसरमा नेपालको भेष-भूषा, संस्कृति, संगीत, उत्पादनहरू झल्किने गरी एक प्रदर्शनी गरिएको थियो भने नेपालका विभिन्न पर्यटकीय स्थलहरूको फोटोहरू, अरबिक तथा अंग्रेजी भाषाका भ्रमण निर्देशिका पुस्तिकाहरू अतिथिहरूलाई बाँड्नुका साथै पर्यटन प्रबर्द्बनका लागि आकर्षक भिडियोहरू समेत देखाइएको थियो। कार्यक्रमको उद्घघोषण मिस नेपाल २०१० श्री सदिक्षा श्रेष्ठले गर्नुभएको थियो भने वहाँले कार्यक्रमको दौरानमा नेपालको पर्यटन सम्बन्धी विविध जानकारीहरू समेत प्रदान गर्नुभएको थियो।

करीब १५० भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न मुलुकका नागरिकहरू, कुटनीतिक कर्मचारीहरू, व्यवसायीहरू, सामाजिक अभियन्ताहारू, नेपाली सोसल क्लबतथा अन्य संघसंस्थाहरूका पदाधिकारीहरू, ओमनमा बस्ने नेपाली दाजुभाई तथा दिदिबहिनीहरूको उत्साहपूर्ण उपस्थिति थियो।

नेपाली राजदूतावास, मस्कट
0३ असोज २०७६