प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

आज मिति २०७५/०८/२० गते महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालले ओमानका वाणिज्य तथा उद्योग मन्त्री माननीय श्री Dr. Ali Bin Masoud al Sunaidy लाई वहाँको कार्यकक्षमा भेट गर्नुभएको थियो।

महामहिम राजदूत ढकालले माननीय मन्त्रीज्यूलाई नेपालको हालको राजनीतिक, आर्थिक, सामाजिक अवस्थाका बारेमा जानकारी गराउनुहुँदै नेपालको संविधान 072 जारी भएपश्चात त्यसको सफल कार्यान्वयन भइरहेको र नेपालमा हाल राजनीतिक स्थिरता प्राप्त भएको हुँदा नेपालमा वैदेशिक लगानीको उचित वातावरण सृजना भएको हुनाले नेपालका जलविद्युत, भौतिक पूर्वाधार, कृषि, उद्योग एवं पर्यटन जस्ता क्षेत्रहरुमा ओमानले लगानी गर्न सक्ने राम्रो अवसर रहेको बताउँदै लगानीका लागि अनुरोध गर्नुभयो।

माननीय मन्त्री Sunaidy ले ओमानको State General Reserve Fund (SGRF) मार्फत नेपालमा जलविद्युत तथा कृषि क्षेत्रमा लगानी गर्न तत्पर रहेको बताउँदै नेपालका कृषि क्षेत्रका उत्पादनहरुलाई ओमानको बजारमा विशेष प्राथमिकताका दिइने बताउनुभयो। त्यसैगरी नेपालको काठ पैदावरको माग ओमानमा उच्च रहेको तर हालसम्म तेश्रो मुलुकबाट मात्र आउने भएकोले प्रत्यक्ष आपूर्तिको लागि विशेष समन्वय गर्ने बताउनुभयो।

वहाँहरुले भेटको क्रममा नेपाल र ओमानबीच व्यापार, वाणिज्य तथा लगानी प्रबर्द्धनका लागि आवश्यक रणनीतिहरुसम्बन्धमा पनि छलफल गर्नुभएको थियो र सो को लागि निकट भविष्यमा एक “व्यापार कार्यशाला” आयोजना गर्ने सहमति गर्नुभयो।

नेपाली राजदूतावास, मस्कट
२० मंसिर २०७५