सार्वजानिक सूचना

९ अप्रिलसम्म ‌ओमानमा कोरोना भाइरसका कारण ४57 जना संक्रमित भएको तथा २ जनाको मृत्यु भएको छ भने ७२ जनाले पुनः स्वास्थ्य लाभ प्राप्त गर्नु भएको छ।हालसम्म कुनैपनि नेपालीलाई यसको रोगको संक्रमण भएको जानकारी प्राप्त भएको छैन।
ओमान सरकारले सम्पूर्ण विदेशी नागरिकहरूलाई समेत ओमानी नागरिक सरह यो रोगको परीक्षण र उपचार निःशुल्क हुने व्यहोरा जानकारी गराएको छ।
कोरोना भाइरस कोभिड-१९ को रोकथाम तथा नियन्त्रणको लागि गठित उच्चस्तरिय समितिको निर्णयानुसार १०-22 अप्रिल 2020 (२८ चैत्र- 12बैशाख) सम्म मस्कट प्रशासकीय क्षेत्र (Governorate) पूर्णरूपमा बन्दा बन्दी (Lock-down) गरिने भएकोले उक्त समयमा मस्कट क्षेत्रमा अत्यावश्यक बाहेक कुनै पनि यात्रा लगायत अन्य गतिबिधि नगरी ओमान सरकारले लिएको यस कदमलाई सहयोग गर्नु हुन सम्पूर्ण नेपालीहरूमा हार्दिक अनुरोध गर्दै यो सूचना जारी गरिएको छ।
साथै ओमानमा रहनुभएका तथा बिदामा घर जानुभएका नेपालीहरूको यदि भिसाको म्याद सकिएको भए रोयल ओमान पोलिसको (ROP) वेबसाइटमा गएर अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको जानकारी समेत प्राप्त भएकाले सोही बमोजिम गरि आफ्नो भिसाको नवीकरण गर्नु हुनु समेत सबैमा अनुरोध छ।
कोरोनाको महामारीबाट बच्न सबैले सामाजिक दुरी कायम गर्ने देखि लिएर स्वास्थ्य सम्बन्धी पूर्व सतर्कता अपनाउनु हुन नेपाली दूतावास सबैमा अनुरोध गर्दछ।
यस कठिन घडिमा यहाँहरूलाई परेको जस्तोसुकै समस्याका बारेमा नेपाली दूतावासको टेलिफोनः 2469६177/ 2469६883 हटलाइनहरूः 71592490/ 71530840 र श्रम सहचारीको नं. 71592506 मा सम्पर्क गर्नुहुन समेत सबैमा हार्दिक अनुरोध छ।
नेपाली राजदूतावास, मस्कट
2076 चैत्र २७ गते, बिहीबार ।