ओमान सरकारको कोभिड नियन्त्रण सम्बन्धी उच्च स्तरीय कमिटीले मस्कट प्रशासकीय क्षेत्र भित्र जारी रहेको बन्दा-बन्दी

ओमान सरकारको कोभिड नियन्त्रण सम्बन्धी उच्च स्तरीय कमिटीले मस्कट प्रशासकीय क्षेत्र भित्र जारी रहेको बन्दा-बन्दी (Lockdown) लाई आगामी मे ८, शुक्रबार, विहान 10 बजेसम्मलाई थप्ने निर्णय गरेको छ।साथै आगामी रमदान पर्वमा मस्क लगायत अन्य सार्वजानिक स्थलहरूमा जमघट नगर्न तथा एकत्रित भएर भोज भतेर गर्न समेत प्रतिबन्ध लगाएको छ।
कोरोना भाइरसको कारणले ओमानमा हालसम्म 1508 (238 जना स्वास्थ्य लाभ गरिसकेका समेत) जना संक्रमित भएका छन् भने ८ जनाले ज्यान गुमाएका छन्।
ओमानमा संक्रमणको दर अझैपनि फैलंदो क्रममा रहेकोले यहाँ बस्ने सम्पूर्ण नेपालीहरूले कोरोना भाइरसबाट बच्न अनिवार्यरूपमा स्वास्थ्य सम्बन्धी सुरक्षाका उपायहरू अपनाउनु हुन सबैमा अनुरोध गरिन्छ।साथै आफ्नो आश्रयस्थलबाट बाहिर ननिस्कन समेत सबैमा अनुरोध गरिन्छ।
कोरोना भाइरसको कारणले ओमानमा रहनुभएका नेपालीहरूलाई कुनै पनि समस्या परेमा नेपाली दूतावासको टेलिफोनः 2469६177/2469६883; हटलाइनहरूः71592490/ 71530840 र श्रम सहचारीको नं. 71592506 मा सम्पर्क गर्नुहुन समेत सबैमा हार्दिक अनुरोध छ।
नेपाली राजदूतावास,
मस्कट, ओमान
२०७७ बैशाख 9 गते ।