आज मिति २०७७/०३/२६मा नेपाली राजदूतावास मस्कट,ओमानको संयोजनमा कोभिड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश

आज मिति २०७७/०३/२६मा नेपाली राजदूतावास मस्कट,ओमानको संयोजनमा कोभिड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077 तथा कार्ययोजना 2077 मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थितरुपमा नेपाल लैजाने योजना अनुरुप सलाम एअरको OV-427 को तेस्रो चार्टर उडान मार्फत् ओमानबाट १79 जना नेपालीहरू (1४६ पुरूष तथा 33 महिला, १ तीन महिनाको शिशु तथा २ नाबालक सहित) नेपाल फर्किनु भएको छ। उडान शुरु हुनु पूर्व यात्रीहरू तथा चालकदलका सदस्यहरूको कोभिड-१९ को पिसिआर स्वाब परीक्षणको नतिजा नेगेटिभ रहेको सु-निश्चित गरिएको थियो। विमानस्थलमा नेपाली राजदूतावास मस्कटका महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले स्वदेश जान लाग्नु भएका नेपालीहरूलाई उहाँहरूको सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गर्नुभयो। यात्रुहरुको यात्रा सहजीकरणको लागि दूतावासका द्बितीय सचिव श्री सोमेश थापा, श्रम सहचारी श्री कृष्णा कुमारी गौली, सहचारी अनिल राना लगायत कूटनीतिक तथा स्थानीय कर्मचारी तथा नेपाली सोसल क्लबका सदस्यहरू लगायत नेपाली राजदूतावास, मस्कट कोभिड-19व्यवस्थापन स्वयम्‌सेवी सदस्यहरूको उपस्थिति रहेको थियो।
दूतावासको सक्रियतामा चार्टर उडानमार्फत् शुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यात्रामा सहभागी सम्पूर्ण नेपालीहरुले दूतावासको यस कार्यको प्रशंसा गर्नुभएको थियो।यसै गरी अर्को उडानबारे दूतावासद्वाराचाँडै सूचना जारी गरिनेछ।
श्री नेपाली राजदूतावास,
मस्कट, ओमान।
2077 असार २६ गते, शुक्रवार।